Keep up to date with every new upload!

Join free & follow Radio Pariwartan 89.4 MHz.
Share
Loktantara Mantara 01

Loktantara Mantara 01

Playing tracks by

Loktantara Mantara .

लोकतन्त्र मन्त्र भाग १
नमस्कार, मत नै लोकतन्त्र हो, लोकतन्त्र भनेकै मत हो । कार्यक्रम लोकतन्त्र मन्त्रमा तपाईंलाई स्वागत छ ।
आफूले शासन गर्ने सरकार, आफ्नो लागि कानुन बनाउने संसद, अनि आफूलाई नेतृत्व गर्ने नेता आफैंले चुन्ने प्रणाली नै लोकतन्त्र हो । आफ्नो नेता चुन्ने अधिकार सुनिश्चित गर्ने माध्यम चैं मतदान । नेपालमा १० वर्षदेखि स्थानिय निकायको चुनाव भएको छैन । ब्यवस्थापिका संसदको चुनाव पनि हुन सकेको छैन । यस्तो बेलामा हामी मतदानको महत्व के हो < चुनावको आवश्यकता किन पर्छ < भन्ने विषयमा कुराकानी गर्न कार्यक्रम लोकतन्त्र मन्त्र लिएर तपाईं माझ आएका छौं । यो कार्यक्रम देश भरिका विभिन्न रेडियो स्टेशनबाट प्रसारण हुन्छ । कार्यक्रममा हामी, देशभरिका विभिन्न गाउँठाउँमा चुनाव नहुँदा आइपरेका समस्याका कुरा गर्छौं । चुनावको आवश्यकता, यसको सम्भावना अनि चुनावका लागि गर्नुपर्ने तयारीको कुरा पनि गर्छौं । कार्यक्रम लोकतन्त्र मन्त्रको आज पहिलो अंक । आजको कार्यक्रममा हामीले गाविस सचिव गाउँमा नहुँदा सर्वसाधारणले भोग्नु परेका समस्याका बारेमा सामग्रीहरु ल्याएका छौं ।

Comments